×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

जीवनको रंग खैरो खैरै चलिरहेछ : ईश्वर पोख्रेल

२४ चैत्र २०७७

२४ चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गरेका छन् ।

काठमाण्डौमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दे उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दे जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिदै गएकाले त्यस विरुद्ध उभिनुपर्ने बताएका हुन् । उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन “सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको” भन्दै व्यंग्य गरे । उनले भने, “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरुलाई सराप्नेहरु पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो । उनले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गरे । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रसस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु , विसंगतिहरु चुलिएका छन् । तर निरास हुनुहुदैन । त्यसको विरुद्धमा उभिनुपर्छ ।”

Advertisement
Advertisement

उनले राजनीतिक दलका अगुवाहरुमा विकसित हुदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफुलाई लज्जाबोध हुने गरेको बताए । उनले राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे । उनले भने, “राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाईनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसंग वितृष्णा जगाउँछ ।” उनले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले भने, “आज पनि अनौठो कुरा के छ भने जनता बाट निर्वाचित भएको प्रधानमन्त्री, ती प्रधानमन्त्री बीचैमा हट्नुपर्छ भनेर बीचैमा धक्का मारेर हटाउन खोजिन्छ । गरेको के हो यो ? के हो त भन्दा म हुनुपर्यो । म हुन पाईनँ । लज्जाबोध हुन्छ । यो मनोरोगबाट ग्रस्त छौ हामी । राजनीतिक क्षेत्रमा देखा परेको विकृति विसंगति झांगिएर यसरी देखा परेको छ । यसको विरुद्धमा हामीहरुको खबरदारी जरुरी छ । ”

स्वर्गीय रिमालका क्रान्तिकारी कविताको प्रभावका कारण नै आफु सानै देखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दे उनले अझै पनि आफुले जीवनलाई बुझिनसकेको बताए । उनले जीवनको रंग हरियो निलो हुनुपर्नेमा खैरोखैरै भएर चलिरहेको बताए । उनले भने, “म कम्युनिष्ट पार्टीमा लागेको कति बुझेर कति नबुझेर । सानै उमेरमा हो ।मैले रिमालजीका तिनै केही कविताहरु, रिमालले लेख्नुभएका कतिपय क्रान्तिकारी भाव झल्किने कुराहरुले मलाई छोएको हो । सुरुमा म कम्युनिष्ट पार्टीमा लाग्दा सम्पुर्ण रुपमा घर छोडेर हिड्दा २१ बर्षको पुगेर २२ बर्ष लागेको थिएँ । वास्तवमा त्यो भावनाको पक्ष हो । त्यो प्रवल थियो । सारको कुरा त्यत्ति थिएन । अहिले म बुझ्छु । त्यसबेलादेखि म यसमै लागिरहेको छु तर यसमा लाग्दाखेरी यो जीवनको रंग त हरियो हुनुपर्ने, निलो हुनुपर्ने, खैरो खैरै भएर चलिरहेछ । त्यसकारणले मैले वास्तवमा जीवनलाई बुझ्नका लागि धेरै कुराहरु बाँकी छन् भन्ने म ठान्छु । ”

Advertisement

कार्यक्रममा स्वर्गीय रिमालकि पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो । वरिष्ठ पत्रकार टंक पन्तद्धारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्द प्रसाद दुलालले लेखेका हुन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top