युरोपा लिगः ग्रानडासँग म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले पराजित

युरोपा लिगः ग्रानडासँग म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले पराजित

२७ चैत, काठमाडौँ । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १÷१ गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाएका हुन् ।

यस जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.