पानी परेसंगै वायु प्रदूषणको सूचकांकमा नेपाल आठौं स्थानमा झर्यो

२८ चैत्र, विराटनगर ।
हावाहुरीसहित पानी परेसँगै काठमाडौंको वायु प्रदूषण केही मात्रामा घटेको छ।

Advertisement

गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।

वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौं स्थानमा छ।

Advertisement

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।

Advertisement

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो।

विश्वव्यापी सूचकांकमा अहिले मंगोलियाको राजधानी उलानबटार सहर विश्वकै प्रदूषित सहर बनेको छ। त्यहाँ अहिलेको एक्युआई १ सय ९६ रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top