×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्विट्जरल्यान्डकाे उच्च प्रदर्शनमा ब्राजिल पनि बराबरीमा रोकियो

४ असार २०७५

विराटनगर ः विश्वकप अन्तर्गतको हिजोको खेलमा उपाधि दाबेदार मानिएको ब्राजिलले पनि बराबरीका साथ विश्वकपको सुरुवात गरेको छ ।
ब्राजिलका लागि फिलिपे काउटिन्हाले २० औँ मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट गरेको उत्कृष्ट गोल अन्तिम सम्म जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको हो ।

साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा काउटिन्होको गोलमा लिएको अग्रता जोगाउन सकेन ।

Advertisement
Advertisement

स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै ब्राजिललाई निराश बनाएका थिए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए ।

Advertisement

ब्राजिलका लागि नेयमारले केहि प्रयास गरे पनि सफल हुन सकेनन् । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो । सर्बिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल र स्विट्जरल्यान्डको समान १ अंक छ । कोस्टा रिका अंक विहिन छ ।
आइसल्यान्डका खेलाडीले लियोन मेस्सीलाई चल्न नदिएको भोली पल्ट ब्राजिलियन स्टार नेयमारलाई पनि स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए ।शनिबार पहिलो पटक विश्व कप खेलिरहेको आइसल्यान्डसँग मेस्सीको अर्जेन्टिना पनि १–१ को बराबरीमा रोकिएको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top