×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कोरोनाको दोस्रो लहरले प्रभाव पारे पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

३० चैत्र २०७७

३० चैत, काठमाडौँ । कोभिड‍–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताए।

Advertisement
Advertisement

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकोले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरूको थियो।

सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बस्ने मन्त्री परिषदमा पेश गर्ने भएको छ।

मन्त्री श्रेष्ठले यो विषयमा मन्त्री परिषदको बैठकमा छलफल गरिने जानकारी दिए।

छलफलमा अधिकांश सरोकारवालाले सिसिएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेरमात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए।

छलफल कार्यक्रममा बोल्दै नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै अब विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय तहलाई सुम्पनुपर्ने धारणा राखे।

उनले संघीय सरकारले निर्णय गरेर लागू गर्ने भनिएका विषय कार्यान्वयन हुन कठिन हुने बताउँदै स्थानीय र प्रदेशलाई अधिकार दिनुपर्ने उल्लेख गरे।

उनले भने,‘स्थानीय सरकारको अधिकारमाथि केन्द्रले हस्तक्षेप गर्नुहुन्न। त्यसैले जहाँ प्रभाव पारेको छ, त्यहाँको स्थानीय सरकारले बन्दको निर्णय लिनसक्नेछ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएको कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्दै सरोकारवाला मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए।

उनले कोभिडको महामारी फैलिएको स्थानीय तह र जिल्लाका विद्यालय मात्र बन्द गर्न सकिने उल्लेख गर्दै राख्दै सबै एकैपटक बन्द गर्न नहुने बताए।

उनले विद्यालयहरूमा गई अनुगमन गर्नुपर्ने र समस्या देखिएमा पालिकाले निर्णय गर्नुपर्ने बताउँदै बन्द गर्नुपर्ने भएमा कक्षा १ देखि ५ सम्म गर्न सकिने बताए।

महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले अनुगमन गर्न र मापदण्ड पालना गर्न प्रेरित गर्नुपर्ने बताउँदै एकैपटक सबै स्थानमा बन्द गर्ने बारेमा नसोच्न सुझाव दिए।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले उपत्यकाबाहिर भयावह स्थिति नभएको बताउँदै प्रकोप देखिएको स्थानमा स्थानीय तहले समन्वय गर्नुपर्ने बताए।

उनले अहिलेको अवस्थामा विद्यालय पूर्णरूपमा बन्द गर्न नहुने बताए।

उनले भने,‘स्वाथ्य मन्त्रालयले जारी गरेको निर्देशिका आफैंले पालना गर्न नसकेको कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको हो। उनले शिक्षकलाई तत्काल भ्याक्सिन लगाउने व्यवस्था गर्न आग्रह गरे।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले नेपालमा आतंक सिर्जना गर्न खोजेको आरोप लगाए।

दुवै संस्थाका अधिकारीले १० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठूलो पीडा भएको उल्लेख गर्दै अब पनि विद्यालय बन्द गर्दा निजी विद्यालयको अवस्था झन् नाजुक हुँदै जाने बताए।

उनीहरूले भौतिकरूपमा स्कुल बन्द गर्ने समय नआएको, स्कुलमा भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकै दिनमा दुई सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्ने लगायतका विधि अपनाउन सुझाव दिए।

प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले विद्यालय बन्द गर्ने विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए।

उनले विद्यालय बन्द गर्नुभन्दा पनि वैकल्पिक विधि अपनाउन आग्रह गर्दै अनुगमनमा जोड दिनुपर्ने उल्लेख गरे।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले सबै विश्वविद्यालयको परीक्षाको समय नजिकिँदै गइरहेको अवस्थामा शिक्षण संस्था बन्द गर्नु गलत भएको तर्क गरे।

उनले अवस्थाको विश्लेषण गरी स्थानीय सरकारलाई बन्द गर्ने वा खोल्ने अधिकार दिनुपर्ने बताए।

शिक्षा सचिव रामप्रसाद थपलियाले अवस्था हेरेर मन्त्रालयले निर्णय गर्ने जानकारी गराउँदै कसलाई अधिकार दिने त ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उल्लेख गरे।

उनले भने,‘तपाईंहरू सबैको सुझाव ग्रहण गरेका छौं। मन्त्रीज्यूको निर्देशन अनुसार मन्त्रालयले ठोस निर्णय गर्नेछ।’

उनले सबै सुझावलाई गहन रूपमा विश्लेषण गरी निर्णय गर्ने बताए।

Advertisement

शिक्षा मन्त्रालयलका प्रवक्ता दीपक शर्माले सञ्चार माध्यममा विद्यालय बन्द हुने प्रस्ताव गरिएको भन्ने गलत समाचार आइरहेको बताउँदै सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले निर्णय गर्ने बताए।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top