NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

कोरोनाको दोस्रो लहरले प्रभाव पारे पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

सोमवार चैत्र ३० , २०७७
Reading Time: 1 min read
A A
कोरोनाको दोस्रो लहरले प्रभाव पारे पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० चैत, काठमाडौँ । कोभिड‍–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताए।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकोले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरूको थियो।

LS Auto

सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बस्ने मन्त्री परिषदमा पेश गर्ने भएको छ।

मन्त्री श्रेष्ठले यो विषयमा मन्त्री परिषदको बैठकमा छलफल गरिने जानकारी दिए।

छलफलमा अधिकांश सरोकारवालाले सिसिएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेरमात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए।

छलफल कार्यक्रममा बोल्दै नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै अब विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय तहलाई सुम्पनुपर्ने धारणा राखे।

उनले संघीय सरकारले निर्णय गरेर लागू गर्ने भनिएका विषय कार्यान्वयन हुन कठिन हुने बताउँदै स्थानीय र प्रदेशलाई अधिकार दिनुपर्ने उल्लेख गरे।

उनले भने,‘स्थानीय सरकारको अधिकारमाथि केन्द्रले हस्तक्षेप गर्नुहुन्न। त्यसैले जहाँ प्रभाव पारेको छ, त्यहाँको स्थानीय सरकारले बन्दको निर्णय लिनसक्नेछ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएको कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्दै सरोकारवाला मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए।

उनले कोभिडको महामारी फैलिएको स्थानीय तह र जिल्लाका विद्यालय मात्र बन्द गर्न सकिने उल्लेख गर्दै राख्दै सबै एकैपटक बन्द गर्न नहुने बताए।

उनले विद्यालयहरूमा गई अनुगमन गर्नुपर्ने र समस्या देखिएमा पालिकाले निर्णय गर्नुपर्ने बताउँदै बन्द गर्नुपर्ने भएमा कक्षा १ देखि ५ सम्म गर्न सकिने बताए।

महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले अनुगमन गर्न र मापदण्ड पालना गर्न प्रेरित गर्नुपर्ने बताउँदै एकैपटक सबै स्थानमा बन्द गर्ने बारेमा नसोच्न सुझाव दिए।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले उपत्यकाबाहिर भयावह स्थिति नभएको बताउँदै प्रकोप देखिएको स्थानमा स्थानीय तहले समन्वय गर्नुपर्ने बताए।

उनले अहिलेको अवस्थामा विद्यालय पूर्णरूपमा बन्द गर्न नहुने बताए।

उनले भने,‘स्वाथ्य मन्त्रालयले जारी गरेको निर्देशिका आफैंले पालना गर्न नसकेको कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको हो। उनले शिक्षकलाई तत्काल भ्याक्सिन लगाउने व्यवस्था गर्न आग्रह गरे।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले नेपालमा आतंक सिर्जना गर्न खोजेको आरोप लगाए।

दुवै संस्थाका अधिकारीले १० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठूलो पीडा भएको उल्लेख गर्दै अब पनि विद्यालय बन्द गर्दा निजी विद्यालयको अवस्था झन् नाजुक हुँदै जाने बताए।

उनीहरूले भौतिकरूपमा स्कुल बन्द गर्ने समय नआएको, स्कुलमा भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकै दिनमा दुई सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्ने लगायतका विधि अपनाउन सुझाव दिए।

प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले विद्यालय बन्द गर्ने विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका थिए।

उनले विद्यालय बन्द गर्नुभन्दा पनि वैकल्पिक विधि अपनाउन आग्रह गर्दै अनुगमनमा जोड दिनुपर्ने उल्लेख गरे।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले सबै विश्वविद्यालयको परीक्षाको समय नजिकिँदै गइरहेको अवस्थामा शिक्षण संस्था बन्द गर्नु गलत भएको तर्क गरे।

उनले अवस्थाको विश्लेषण गरी स्थानीय सरकारलाई बन्द गर्ने वा खोल्ने अधिकार दिनुपर्ने बताए।

शिक्षा सचिव रामप्रसाद थपलियाले अवस्था हेरेर मन्त्रालयले निर्णय गर्ने जानकारी गराउँदै कसलाई अधिकार दिने त ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उल्लेख गरे।

उनले भने,‘तपाईंहरू सबैको सुझाव ग्रहण गरेका छौं। मन्त्रीज्यूको निर्देशन अनुसार मन्त्रालयले ठोस निर्णय गर्नेछ।’

उनले सबै सुझावलाई गहन रूपमा विश्लेषण गरी निर्णय गर्ने बताए।

शिक्षा मन्त्रालयलका प्रवक्ता दीपक शर्माले सञ्चार माध्यममा विद्यालय बन्द हुने प्रस्ताव गरिएको भन्ने गलत समाचार आइरहेको बताउँदै सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले निर्णय गर्ने बताए।

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.