राष्ट्रियसभा सदस्यको कार्यकाल ःअर्थमन्त्रीको दुई वर्षमात्र, गृहमन्त्रीको सांसद कार्यकाल ६ बर्ष

विराटनगर,असार ४
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

आज भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी त्यसपछि अर्थमन्त्री पनि हुने छैनन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ ।

उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ ।

Advertisement

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठ्ठा परेको छ । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।

राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो । जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् । यसैगरी सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो ।

Advertisement

प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वा्चित अनिता देवकोटा भने भाग्यमानीमा दरिएकी छन् । कांग्रेसबाट विजयी देवकोटाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी दाङकी हुन् ।

पार्वती रावलको कार्यकाल ६ वर्ष

प्रदेश ३ बाट निर्वा्चित नेकपाकी पार्वती रावल पनि भाग्यमानी मध्येकी एक हुन् । उनको कार्यकाल ६ वर्ष तय भएको छ । नेकपाकै उदया शर्मा पौडेल ४ वर्ष राष्ट्रियसभा सदस्यको रुपमा रहनेछिन् ।

कांग्रेसकी धनकुमारी खतिवडाको २ वर्ष, प्रदेश ४ कि बिन्दादेवी आलेको ६ वर्ष, दीपा गुरुङको २ र शान्ति अधिकारी जिसीको ४ वर्ष टुंगो लागेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top