बाढीजन्य प्रकोपको जोखिम न्यूनिकरणका लागि पुर्वानुमानमा अभ्यास

३ असार ७५, सोमबार

विराटनगर,असार४
बाढीजन्य प्रकोपको जोखिम न्यूनिकरण गर्न पुर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यसञ्चालन विधीको मस्यौदालाई अन्तिम रुप दिइएको छ ।

Advertisement

आइतबार आयोजित कार्यक्रममा बाढीको पूर्वतयारीबारे कृत्रिम अभ्यास समेत गरिएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा तथा जिल्ला विपद् व्यवस्थापन समिति मोरङको समन्वयमा विराटनगरमा आयोजित कार्यक्रममा समूहगत छलफलबाट बाढी पूर्वतयारी कार्य सञ्चालन विधीलाई अन्तिम रुप दिइएको हो ।

यसअघि भएको कार्यशालाले बाढी पूर्वतयारी कार्य सञ्चालनसम्बन्धि विधी तयार पारेको थियो । विपद् व्यवस्थापन महाशाखा सहित विश्व खाद्य कार्यक्रमको सहयोगमा आयोजित कार्यक्रममा विपद् पूर्व र पश्चातका अवस्थाबारे सहभागीहरुले अभ्यास गरेका थिए ।

Advertisement

बाढीजन्य विपद् पूर्वका ३ महिना, १० दिन, ३ दिन र एक दिनपूर्वको अवस्थामा जोखिम न्यूनिकरण तथा सचेतना जगाउने उदेश्यले अभ्यास गरिएको विश्व खाद्य कार्यक्रम विराटनगरका क्षेत्रीय संयोजक लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top