विराटनगर,असार ४
चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसअघि लिटरको ११३ रुपैयाँ थियो । त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २,२ रुपैयाँ घटेको छ ।
अब डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो । ग्यासको मूल्य भने यथावत राखिएको छ ।
भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताए।