×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

भारतबाट भित्रिएको कोरोना वीरगञ्जमा समुदायस्तरमा फैलिएको आशंका

१ बैशाख २०७८

१ बैशाख, वीरगञ्ज । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै जाँदा खुला सीमा हुँदै नेपाल प्रवेश गर्नेको संख्या पनि बढेको छ ।

भारतसँग सीमा जोडिएको वीरगञ्जमा भारतबाट फर्किएका दुई जना कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement
Advertisement

नारायणी अस्पतालको कोभिड आइसियूमा उपचार गराइरहेका बाराका ३७ वर्षीय पुरुष र वीरगञ्जका ६२ वर्षीय पुरुषको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो।

नारायणी अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सरोज रोशन दासकाअनुसार मृत्यु हुनेमध्ये बाराका पुरुष हैदरावाद र वीरगञ्जका पुरुष दिल्लीबाट आएका थिए। उनीहरू होली मनाउन घर आएका थिए।

पर्सा जिल्लामा अहिले १५० जना कोरोना संक्रमित छन्। अस्पतालमा रहेका ७ जनाबाहेक अन्यको अवस्थाबारे स्थानीय प्रशासन बेखबर छ। उनीहरूमध्ये अधिकांश निर्वाध रूपमा घुमिरहेको भन्दै स्थानीयले चिन्ता गरेका छन्।

नारायणी अस्पतालमा अहिले ६ जना आइसियू र १ जना आइसोलेसनमा उपचाररत् छन्। आइसियूमा रहेकामध्ये २ जनाको अवस्था गम्भीर रहेका दासले बताए। उनीहरू सबैलाई स्थानीय स्तरमै कोरोना संक्रमण भएको भेटिएको डा.दासले बताए।

नारायणी अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि १७ शैयाको एसचडियू र ५ वटा भेन्टिलेटरसहितको ६ वटा आइसियू शैयाको व्यवस्था गरेको छ।

यस अस्पतालमा अहिले दैनिक ४०० भन्दा बढी बिरामी ओपीडीमा आउँछन्। कोरोना संक्रमितको अवस्थालाई हेरेर केही दिन ओपिडी सेवा बन्द गरी फिभर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

पछिल्लो पटक संक्रमण देखिएकामा ज्वरोका साथै झाडापखला, निमोनियाजस्ता लक्षण देखिएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका निजी अस्पताललाई कम्तीमा २० प्रतिशत शैया कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा चेकजाँचमा कडाइ गर्ने, हेल्थ डेक्स राख्ने, स्थानीय निकायलाई स्थानीय स्तरमा आइसोलेसन सेन्टर/क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन दिने, भीडभाड नियन्त्रण गर्नेलगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए।

उनले संक्रमित, संक्रमणको आशंका भएकालाई एम्बुलेन्सको व्यवस्था गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने बताए।

उनले नेशनल मेडिकल कलेजले व्यवस्थापन गर्दै आएको कोभिड–१९ अस्थायी बाबा अस्पताल पुनः सञ्चालनमा ल्याउने गरी तयारी गर्न भनिएको बताए।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी भने आमाको स्वास्थ्योउचारका लागि केही दिनदेखि काठमाडौं छन्।

Advertisement

भारत तथा अन्य देशबाट फर्किएकाहरू १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरे पनि वीरगञ्जमा यो कार्यान्वयनमा आएको छैन। इनर्वा नाकामा राखिएको हेल्थ डेक्सले सामान्य ज्वरो परीक्षण गरी आउन दिएको भन्दै स्थानीयले विरोध गरेका छन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top