ट्याक्टरबाट लडी सह–चालकको मृत्यु

ट्याक्टरबाट लडी सह–चालकको मृत्यु

२ बैशाख, पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी मृत्यु भएको छ ।

बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह–चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.