३ वैशाख, काठमाडौँ । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् ।
नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुनेछ । तर कुममा लागेको चोटका कारण उनले सिरिज नखेल्ने भएका छन् ।
प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा घाइते भएका उनलाई चिकित्सकले तीन साता आराम गर्न भनेका छन् ।