×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

आजदेखि कोरोना खोपको दोस्रो डोज लगाईंदै

७ बैशाख २०७८

७ वैशाख, काठमाडौँ । गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो ।

पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।

Advertisement
Advertisement

खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ ।

खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म खुल्छन् । आफ्नो पालो थाहा पाउनुपर्छ । पहिलो खोप लगाएका कसले कहिले खोप लगाउने भनेर स्वास्थ्य मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ । यदि थाहा नभए जिल्लामा रहेका स्वास्थ्य प्रमुखलाई सोध्नुपर्छ ।

त्यतिबेला अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शववाहन चालक, बैंकका कर्मचारी, सबै सरकारी कार्यालय, सार्वजनिक संस्थानका कर्मचारीहरु, पत्रकार, पालिकाका जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ र कर्मचारीहरुलाई खोप दिएका थियौँ ।

फागुन २३ पछि खोप लगाएकाले अहिले पाउने छैनन् । त्योभन्दा अघि पहिलो चरणमा पहिलो मात्रा लगाएकाहरुले मात्रै दोस्रो मात्रा खोप लगाउन पाउँछन् ।

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई पछिल्लो पटक खोप दिएकाले उनीहरुको पालो जेठमा मात्रै आउँछ । यो खोप पहिलो मात्रा लिएकाहरुले दोस्रो मात्रा पनि अनिवार्य रुपमा लिनुपर्छ । यदि तोकिएको दिनमा खोप लगाउन छुटेमा तत्काल खोप केन्द्रमा सम्पर्क गरेर खोप लगाउनुपर्छ ।

पहिलो प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेको भए फेरि सरकारले आह्वान गरेपछि अर्कोपटक लगाउनुपर्ने हुन्छ । खोप प्राप्त भएपछि सरकारले फेरि खोप लगाउन छुटेकाहरुलाई पनि खोप लगाउन आह्वान गर्छौं ।

खोप लगाउनेमा सामान्य असरहरु देखिएको छ, तर यो सामान्य हो, यसबाट डराउनु पर्दैन । अहिले फेरि कोरोनाको दोस्रो लहर पनि आइरहेको छ । खोपले हामीलाई जटिलता हुनबाट जोगाउँछ, त्यसकारण सामान्य शरीर दुख्छ, वा टाउको दुख्न भनेर खोप लिन्न भन्नु आफैँले आफैंलाई खतरामा राख्नु हो भन्ने बुझ्नुपर्छ ।

Advertisement

खोप लगाउँदैमा ढुक्क हुने स्थिति हुँदैन, यसले जटिलताबाट र सङ्क्रमण फैलिन कम गर्ने हो । शतप्रतिशत जोगिए भन्ने सोच्नु हुँदैन । पहिलो र दोस्रो मात्राको खोप लगाइसकेपछि पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातको सरसफाइ गर्ने गर्नुपर्छ । भीडभाडमा जानु हुँदैन । यस्ता कुराहरुलाई अनिवार्य अवलम्बन गर्नुपर्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top