×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

नेपाल पक्षविरुद्ध आक्रामक ओली

८ बैशाख २०७८

८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्।

एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा सदस्य छन्।

Advertisement

नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका थिए। प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत छन् ।

यस्तै मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरूलाई स्पष्टीकरण सोधिएको छ।

‘तपाईंले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान २०४९ (संशोध २०७१ समेत)को धारा ४९ (क) (१) (२) (३) (४) (५) (६) (७) (१२) (१४)मा उल्लिखित व्यवस्थाहरूविपरीत अनुशासन उल्लंघन गर्नुभएको प्रस्ट देखिएकोले तपाईंलाई ऐ।

विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन कारबाही नगर्ने रु’, ओलीले सोमबारको मितिमा लेखेको स्पष्टीकरणपत्रमा लेखिएको छ, ‘साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने रु र, तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ?आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु।’

कर्णालीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ। नेपाल, रावल, पाण्डे र भुसालले कर्णालीमा फ्लोर क्रस गराउन निर्देशन दिएको स्पष्टीकरणपत्रमा उल्लेख छ।

Advertisement

‘तपाईंले कर्णाली प्रदेशसभामा प्रदेशसभाका सदस्यहरूलाई उचाल्दै भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने फ्लोर क्रस गरी पार्टीका ह्विप उल्लंघन गरी गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र आपराधिक कार्यसमेत गरे/गराएकोले तपाईंलाई यसरी पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिए तापनि दल त्याग गरेको किन नभन्ने ?’, स्पष्टीकरणपत्रमा लेखिएको छ, ‘यसरी पार्टी तथा आफ्नो सरकारका विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रूपमा नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरी पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत् ढंगले प्रस्तुत गरी दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नुभएको हो ?’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top