अमेरिकामा जर्ज फ्लोइडको हत्यामा प्रहरी अधिकारी दोषी ठहरीए

८ बैशाख ७८, बुधबार
Share this
819shares

८ वैशाख, एजेन्सी । अमेरिकामा अश्वेत पुरूष जर्ज फ्लोइडको हत्यामा एक जना गोरा प्रहरी अधिकारी दोषी ठहर भएका छन् ।

Advertisement

मिनिसोटाको एक अदालतले प्रहरी अधिकारी डेरेक सोभिनलाई फ्लोइडको हत्यामा मंगलबार दोषी गरेको हो।

४५ वर्षीय सोभिनले २०२० मे २५ फ्लोइडको घाँटी थिचेका थिए।

Advertisement

नक्कली २० डलरको नोटले सामान किन्न लागेको अभियोगमा प्रहरीहरूले फ्लोइडलाई समात्न खोज्दा यो घटना भएको थियो।

उनको मृत्युपछि अमेरिकाभरि प्रदर्शन भएका थिए।

Advertisement

अदालतको आदेशपछि यसअघि जमानतमा रहेका सोभिनलाई हतकडी लगाइएको थियो। उनलाई ४१ वर्षसम्म कैद हुन सक्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top