नेपालले आज मलेसियासँग खेल्दै

८ बैशाख ७८, बिहीबार

९ बैशाख, काठमाडौ। सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग भिड्दैछ ।

टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली सहज जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।

Advertisement

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले नै पाखा लगाएको थियो । जितविहीन रहेको मलेसिया पनि पहिलो जितसहित सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगिसकेको छ । मलेसिया भने सिरिज बाहिरिएको छ ।

Advertisement

बुधबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल स्थगित भएपछि मलेसिया बाहिरिएको हो । अब फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top