×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

२ करोड २० लाखको लागतमा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, मस्जिदसहतिको वस्ती हस्तान्तरण

मोरङ, असार ६

कुवेत स्थित रहमा इन्टरनेशनलको आर्थिक सहयोग र नेपाल डेभल्पमेन्ट सोसाइटीको समन्वयमा मोरङका सुकुम्बासी र विपन्न परिवारकालागि २ करोड २० लाख रुपैयाको लागतमा भौतिक संरचना निमार्ण गरी हस्तान्तरण गरिएको छ ।

Advertisement
Advertisement

मोरङको धनपाल गाँउपालिका–६ मा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, एउटा विद्यालय र एउटा मस्जिद निर्माणगरी समुदायलाई हस्तान्तरण गरिएको हो ।

ती संस्थाहरुले २ करोड २० लाख रुपैयाको लागतमा ती भवनहरु निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको नेपाल डेभल्पमेन्ट सोसाईटीका मोरङ सदस्य अफजल हुसैन गुल्जारले जानकारी दिए। गतवर्षको आएको लोहन्द्रा खोलाको वाढीले सुकुम्वासीहरुको घर वगाएपछि संस्थाले पीडितहरुकालागि शौचालयसहितको दुईकोठे पक्की घर वनाएर हस्तान्तरण गरेको हो ।

पक्की घर तथा स्वास्थ्य सस्था र मस्जित समेत दाताले बनाईदिएपछि स्थानीयले खुशी ब्यक्त गरेका छन । स्थानीय इमाम सिद्धीकीले भने घरबारबिहीन भएका हामीलाई ब्यवस्थित बसोवासको ब्यवस्था गरेर रहमा इन्टरनेशनलले ठूलो गुण लगाएको छ । धनपालथान गाउपालिका–६ मा सोमबार आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय, स्वास्थ्य संस्था तथा आवसगृह हस्तान्तरण गरेका हुन्।

यसैबीच वस्ती हस्तान्तरण गर्दे प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले गरिबी न्युनिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले एक नम्वर प्रदेशमा रहेका गरिव तथा लक्षितवर्गको जिवन उकास्न रोजगार र आयमुलक कार्यक्रमलाई सरकारले महत्व दिएको वताए ।

उनले गरिव,विपन्न तथा सिमान्तकृत वर्गलाई लक्षित गरेर प्रदेश सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको समेत वताए । मुख्यमन्त्री राईले अबको एजेन्डा आर्थिक समृद्धि भएको बताउँदै एक अर्ब रुपैया वरावरको मुख्यमन्त्री सडक सुधार कार्यक्रमलाई समेत अघि वढाएको वताए ।

Advertisement
Advertisement

कार्यक्रममा संघीय संसदका सांसद शिवकुमार मण्डल, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि वराल तथा अल रहिमा इन्टरनेशलका निर्देशक अबु वलिद सल्लेम र मौलाना नजरुल हसन लगायतले वस्ती निमार्ण गरी हस्तान्तरण गर्नु सराहनीय भएको बताएका थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top