×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

प्रदेश सरकारद्वारा कृषकलाई विभिन्न क्षेत्रमा अनुदान

६ असार २०७५

विराटनगर, असार ६

प्रदेश नं १ को सरकारले कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजन गरेको छ ।

यस प्रदेशको कूल गार्हस्थ उत्पादन रु ५२ अर्ब, ५० करोड ९४ लाख रहेको छ । कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ४८ दशमलव ४ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरणमा बढी जोड दिइएको छ । प्रदेश सरकारले आगामी आवका लागि असार १ गते प्रदेशसभाको बैठकमा सार्वजनिक गरेको बजेटको केन्द्रबिन्दुका रुपमा कृषि क्षेत्रको माध्यमबाट बेरोजगारी समस्याको समाधान गरी प्रदेशलाई आत्मनिर्भर बनाउने रणनीति अघि सारेको छ ।

कृषि क्षेत्रका लागि प्रदेशमा उपलब्ध जमीनको अधिकतम उपयोग गर्न भूउपयोग नीति बनाइ कार्यान्वयन गर्ने तथा बेरोजगारीलाई अन्त्य गर्नका लागि कृषिलाई पूर्णरुपमा व्यवसायीकरण र औद्योगिकीकरण गर्ने नीति प्रदेश सरकारले अवलम्बन गरेको छ ।

प्रदेश सरकारले ‘उत्पादन गराैँ, प्रदेश समृद्ध बनाऔँ’ उद्देश्यका साथ बाँझो जमीनलाई उपयोग गर्न करार खेतीको माध्यमबाट खेती प्रणालीलाई विकास गर्ने नीति लिएर कृषि पेशामा आकर्षित गर्नका लागि ‘कृषि अनुदान कोष’को व्यवस्था गरेको छ ।

प्रदेश नं १ को १४ वटा जिल्लामध्ये हिमाली क्षेत्रका रुपमा रहेको ताप्लेजुङ, संखुवासभा र सोलुखम्बुलाई जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्नुका साथै चिया, अलैँची, रुद्राक्ष र अदुवाको उत्पादनमा वृद्धि गरी व्यवसायीकरण गर्ने नीति लिइएको छ ।

प्रदेशभित्र ‘एक कृषि सहकारी, एक उत्पादन’ कार्यक्रम तथा न्यूनतम १० बिगाहा जमिनभन्दा बढीलाई चक्लाबन्दी गरी खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप विशेष अनुदानको व्यवस्था मिलाइएको छ । सरकारी–निजी साझेदारीमा धुलो दूध उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न जिल्लामा निजी क्षेत्रको सहकार्यमा एउटा प्रदर्शनी केन्द्रको स्थापना गरिने बजेटमा उल्लेख छ ।

त्यस्तै तराईको हुलाकी राजमार्ग, झापाको दक्षिणी भेगको केचनादेखि सुनसरीको भण्टाबारीसम्मको क्षेत्रलाई विशेष आर्थिक कोरिडोरका रुपमा विकास गरी उक्त क्षेत्रमा तरकारी र अन्न उत्पादनको माध्यमबाट पाँच वर्षभित्र सो क्षेत्रमा गरिबी न्यूनीकरणको लक्ष्य लिइएको छ ।

कृषकलाई खेतीतर्फ आकर्षित गर्न सस्तो दरमा ऋण उपलब्ध गराइने, प्रदेशभित्र मत्स्य उत्पादन कार्यक्रलाई अघि बढाइने, माछाका भुरा उत्पादन गरी किसानलाई वितरण गरिने, दूधमा आत्मनिर्भर बनाउन गाईभैँसी पाल्ने किसानका साथै बाख्रा, खसी, बोका, राँगा र बंगुरपालन गर्ने किसानलाई मापदण्डका आधारमा अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

अण्डा उत्पादनमा आत्मनिर्भर बनाउन कुखुरापालक किसानका साथै सुरक्षित स्थानमा बधशाला निर्माणका लागिसमेत अनुदानको व्यवस्था गरिएको छ । प्रदेश नं १ ले रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गरेको छ ।
रासस

 

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top