ओली र नेपालबीचको दूरी बढ्यो

ओली र नेपालबीचको दूरी बढ्यो

१२ बैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ ।

सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात् पूर्ववत अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गइरहेको छ ।

संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेता नेपाल समूहले आपति जनाउँदै आएको छ । सो समूह २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ ।

ओली र नेपालबीचको आआफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ । एमाले स्रोतअनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का रहेको छ ।

ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ ।

‘एकले अर्काको अस्तित्व स्विकार्नै नसक्ने रोग नेताहरूमा देखिएको छ जसले एकपछि अर्को समस्या थपेको छ,’ एमालेका एक नेताले भने ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.