×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आकाश खुलेसँगै दुई दिनयता गर्मी बढ्यो

१३ बैशाख २०७८

१३ वैशाख, काठमाडौँ । प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ ।

अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताएका छन् । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ ।

Advertisement
Advertisement

हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जको ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पनि बिहानैदेखि गर्मी छ ।

आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्ने अनुमान गरिएको छ । यस्तै दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियसम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम सफा रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । केही दिन अघिसम्म राम्रोसँग घाम नलाग्ने, तुवाँलो लाग्ने र वातावरण प्रदूषणले आकाश नखुल्दा चिसो महसुस गरिएको थियो ।

Advertisement

अहिले घामले जमिन तातेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top