×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा तस्करीको सामान खानतलासी गर्दा पेस्तोल र गोली बरामद

१३ बैशाख २०७८

१३ वैशाख, विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको गोदाममा तस्करीको सामान लुकाएको आशंकामा छापा मार्दा राजस्व अनुसन्धानको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली पनि बरामद गरेको छ ।

विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ गोदाममा पुगेको थियो । गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

पेस्तोल भेटिएपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको उनले बताए ।

प्रहरी स्रोतका अनुसार रौनियारले आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको बताएका छन् । तर पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए ।

Advertisement

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top