कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार जना एमाले सांसद पदमुक्त

१३ बैशाख ७८, सोमबार
Share this
812shares

१३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित भएका चार जना सांसद पदमुक्त भएका छन् । सोमबार प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले चार सांसदको पद रिक्त भएको जानकारी गराएका हुन् ।

Advertisement

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वालाको पद रिक्त भएको हो ।

महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन फ्लोर क्रस गरी मतदान गरेका उनीहरूलाई एमालेले सांसदबाट निष्कासन गरेको थियो । ज्वालाबाहेक तीनजना मन्त्रीसमेत भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top