बंगालदेशद्वारा भारतसँगको सीमा १४ दिनका लागि सिल

१४ वैशाख, एजेन्सी । भारतमा कोरोना संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ ।

Advertisement

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो ।

नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ।

Advertisement

बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो।

पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ। सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top