सुनको भाउ आज ७ सयले घट्यो

सुनको भाउ आज ७ सयले घट्यो

१५ वैशाख, काठमाडौँ । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।

मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

वैशाख १० गते शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ आइतबार र सोमबार स्थिर रहेपनि त्यसयता झिनो अंकले घटिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.