‘दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, अनावश्यक किनेर नथुपार्नुहोस्’

‘दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, अनावश्यक किनेर नथुपार्नुहोस्’

१५ वैशाख, काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ ।

बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो ।

अहिलेको विषम परिस्थितिमा विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव गराउने, भ्रामक सूचना सम्प्रेषण गर्ने, सामान लुकाउने लगायतका क्रियाकलाप बढेको पाइएकाले हल्लाको पछि नलाग्न विभागले सचेत गराएको छ ।

कसैले अनावश्यक भण्डारण गर्ने, सामान लुकाउने र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिने पनि विभागले जनाएको छ ।

यस्तै कसैले यस्ता गतिविधि गरेको भेटेमा विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.