निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घट्यो

१६ बैशाख ७८, बिहीबार

१६ बैशाख, काठमाडौ । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ ।

Advertisement

अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् ।

ह्याचरी उद्योग संघका अनुसार नेपालमा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गर्दछ ।

Advertisement

अहिले प्यारेन्ट चल्लाको अभावमा उत्पादन घटेर ३० लाख मात्र छ । यसमध्ये पनि अहिलेको बजार माग १५ प्रतिशतले घटेको संघले बताएको छ ।

निषेधाज्ञाका कारण दाना, औषधि लगायत आवश्यक सामग्री नपाइने त्रासले किसानले चल्लाको माग घटाएको हो ।

Advertisement

माग घटेसँगै चल्लाको मूल्य पनि घट्न सक्ने देखिएको छ । अहिले प्रतिचल्ला ७० रुपैयाँ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top