पूर्व सभामुख दमननाथ ढुंगानासहित परिवारका दुई जना संक्रमित

पूर्व सभामुख दमननाथ ढुंगानासहित परिवारका दुई जना संक्रमित

१६ वैशाख, काठमाडौं ।
पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानालाई कोरोना संक्रमण पुष्टि भएको छ।

ढुंगानासँगै उनकी श्रीमती भुवनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। ढुंगानाले आफूलाई कोरोना संक्रमण भएको बताएका छन्।

सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो, उनले भने। हाल ढुंगाना भक्तपुस्थित आफ्नै निवासमा होम आइसोलेसनमा छन्।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु, ढुंगानाले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.