कोरोना नियन्त्रणका लागि सबै जिम्मेवार बन्न उपप्रधानमन्त्री पोखरेल आग्रह

१६ बैशाख ७८, शुक्रबार

१७ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक जिम्मेवार बन्न आग्रह गरेका छन। उनले सबैको साझा प्रयासबाट मात्रै कोरोना रोकथाम नियन्त्रण गर्न सम्भव रहेको बताए ।

Advertisement

कोरोना संक्रमणको विस्तार रोक्नलाई सरकारले बिहीबारबाट निषेधाज्ञा लागू गरेको भन्दै उनले सबैले यसको पालना गर्नुपर्ने बताए। कोरोना भाइरस उच्च जोखिममा रहेको भन्दै उनले अनावश्यक मोबिलिटीलाई नियन्त्रण गर्न सरकारले थप कदम चालेको बताएका हुन ।

निषेधाज्ञालाई कार्यान्वयन गर्नपर्ने जरुरी रहेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन। उनले बजारमा राजनीतिक अभिप्रायले लकडाउन गर्न खोजेको भन्ने समाचार तथ्यहिन भएको समेत स्पष्ट पारेका छन।

Advertisement

यस्तो जोखिमपूर्ण समयलाई कसैले पनि उद्देश्य परिपूर्तिका लागि प्रयोग गर्न हुने वा नहुने भन्ने कुरा सचेत नागरिकमा जानकारी भएको कुरा हो उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top