भारतमा आयोजना हुने भनिएको टी–२० विश्वकप क्रिकेट युएईमा सर्ने संभावना

१७ बैशाख, एजेन्सी । भारतमा आयोजना हुने भनिएको अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्स युएईमा सर्ने सभावना बढेको छ ।

भारतमा कोरोना भाईरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि विश्वकप युएईमा सर्ने सम्भावना बढेको हो ।

विश्वकप आगामी अक्टोबरबाट सुरु हुने तालिका रहेको छ । तर, भारतमा दैनिक ३ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेपछि आइसीसीले टी–ट्वान्टी विश्वकप क्रिकेट आयोजना स्थलको विकल्प खोज्न थालेको बताइएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि प्लान ’बी’ अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताईएको छ ।

यस अघि बीसीसीआईले विश्वकप आयोजनाका लागि आईसीसीलाई ९ खेल स्थलको प्रस्ताव गरिसकेको छ ।

प्रस्तावित खेल स्थलमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेको छ ।

बीसीसीआईले विश्वकप भारतमै गर्ने प्रयास गरिरहेको तर नसकिएको खण्डमा युएईमा आयोजना गर्न सहमत हुने बताएको छ ।

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top