बुटवल कोरोना अस्पतालमा उपचाररत थप ६ संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९ः५० बजे मृत्यु भएको छ ।

वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

यस्तै सल्यानको शारदा–११ निवासी ४३ वर्षीय पुरुषको पनि आज विहान ६ः५८ मा मृत्यु भएको छ ।

वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

अर्घाखाँचीको धातिवाङ–८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको डा. गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल–४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज विहान १ः२४ बजे र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गएराति साढे आठ बजे मृत्यु भएको छ ।

बुटवल–११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३ः५० बजे मृत्यु भएको छ ।

वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top