×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कञ्चनपुरमा भोलिदेखि बैंकका शाखाहरू बन्द, तरकारी एवं फलफूल सातामा ३ दिनमात्र बेच्न पाइने

२१ बैशाख २०७८

२१ वैशाख, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।

थप गरिएको निषेधाज्ञामा प्रशासनले थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी एवं फलफूल सातामा ३ दिनमात्र बेच्न पाइने नियम बनाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

Advertisement
Advertisement

सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहेका महतोले स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको जानकारी दिए ।

‘एउटा एटीएम र चेकबुक लिएर यात्रा गर्ने, प्रहरीले समात्यो भने बैंक जान लागेको भन्ने बाहाना बनाउने धेरै भएपछि बैंक पनि बन्द गरिएको हो ।’

महतोले भने ‘तरकारी खरिदमा पनि त्यस्तै बाहाना बनाउने गरेको पाएपछि तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको हो ।’

मालबाहक ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । राजस्व संकलन लगायतका सरकारी सेवा भने खुला रहने महतोले जानकारी दिए ।

सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिने छ ।

विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अनुमति दिन सक्नेछ ।

अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सकिने व्यवस्था गरिएको छ ।

Advertisement

अन्य खुला सिमानाको जुनसुकै विन्दुबाट आवागमन नगर्ने, नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन, आइसोलेसन बस्नुपर्ने तथा जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था मिलाइएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top