म्यानचेस्टर सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा

२१ बैशाख ७८, बुधबार

२२ बैशाख, काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

Advertisement

गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सिटीका लागि रियाद महरेजले दुई गोल गरे । पहिलो लेगमा २–१ ले विजयी भएको सिटी दोस्रो लेगमा पनि २ गोल गर्दै समग्रमा ४–१ गोलका साथ फाइनलमा पुगेको हो । खेलमा गोल गर्ने केहि उत्कृष्ट मौका पाए पनि पीएसीजीले सदुपयोग गर्न सकेन ।

Advertisement

खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top