×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

केही दिन भित्रै ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्नेछौंः मन्त्री गुरुङ्ग

२४ बैशाख २०७८

२४ बैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताएका छन् ।

छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन् ।

Advertisement
Advertisement

उनले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिए । उनले भने– “परिवार नै कोभिड संक्रमण देखिएको छ ।

आफन्त छैनन् सबै आइसोलेशनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ । ”मन्त्री गुरुङ्गले महामारीको समयमा संञ्चार गृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिए ।

मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चार गृहहरुलाई गाईड लाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए ।

Advertisement

त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरी मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए । मन्त्री गुरुङ्गले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुन पनि सक्ने उल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने पनि बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top