संक्रमितका लागि तत्काल औषधि र अक्सिजन व्यवस्था गर : सर्वोच्च

२८ बैशाख ७८, बुधबार

२९ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार आदेश जारी गर्दै संक्रमित उपचारका लागि आवश्यक औषधि, अक्सिजन आपूर्ति सहज बनाउन आदेश जारी गरेको हो ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरद्वारा दायर निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले दिनदिनै संक्रमित बढ्दै गइरहेको भन्दै आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशमा ‘संक्रमितको दिनदिनै बढ्दै गइरहेको संख्या मध्यनजर गर्दै उपचारमा कसैले विमुख नहुन नपरोस् भन्नका लागि थप साधनयुक्त अस्पताल सञ्चालन गराउनेतर्फ आवश्यक पहल गर्नू’ भनिएको छ ।

‘अक्सिजनको सहज आपूर्ति तत्काल गर्न र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी कुरालाई सम्बन्धित सरोकारवालाको प्रतिनिधित्वसमेत हुनेगरी एउटा कार्य समितिको निर्माण गरी समास्याको समाधान प्रभावकारी रूपमा गर्नु गराउनू,’ आदेशमा भनिएको छ ।

अन्तरिम आदेशमा सर्वोच्चले विपक्षी बनाइएको स्वास्थ्य मन्त्रालयलाई लिखित जवाफ पठाउन आदेश जारी गर्दै कोरोना संक्रमणसँग जोडिएका विषयवस्तु र गम्भीर्यतासमेत ध्यानमा राखी विवाद निरुपण चाँडै टुंगो लगाउनुपर्ने भन्दै अर्को सुनुवाइ ९ जेठमा हुने उल्लेख छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top