Nepal Times
Nepal Times
3
Shares

नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिँदै अमेरिकाले निकाल्यो ‘ट्राभल एड्भाइजरी’

नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिँदै अमेरिकाले निकाल्यो ‘ट्राभल एड्भाइजरी’

२९ बैशाख, एजेन्सी । अमेरिकाले ’ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

कोभिड–१९ को सङ्क्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल ’फोर’ मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको हो ।

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानको सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएको र यसबारेमा अहिलेसम्म नेपाल सरकारको तर्फबाट कुनै जवाफ नआएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.