एकै घरका तीन दिदीबहिनी सगरमाथा चुचुरामाः सरकारद्वारा बधाई

Share this
743shares

२९ बैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।

Advertisement

दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) आज बिहान सर्वोच्च शिखरमा पुग्न सफल भएका हुन् ।

“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, मन्त्री गुरुङले भने, “तीन वर्षभित्र सात वटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरुको योजना पूरा होस् ।”

Advertisement

सगरमाथा आरोहणका लागि काठमाडौंँबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उनीहरुलाई शुभकामना दिएका थिए ।

आजै सोही गाउँका पेम्बादोर्जे शेर्पाले बिहान ७ बजे २१ औंँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँँ’ भन्ने सन्देशका साथ सगरमाथा चढेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top