भारतमा नयाँ संक्रमितको संख्या घट्दै

१ जेष्ठ, एजेन्सी ।
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल भारतमा संक्रमितको संख्यामा कमी आएको छ भने संक्रमण मुक्त हुनेको संख्या बढेको छ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार ९८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शनिबार बिहानसम्म ३ लाख ५३ हजार २९९ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यस्तै, एकैदिन ३ हजार ८९० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। भारतमा हालसम्म २ करोड ४३ लाख ७२ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ लाख ६६ हजार २०७ जनाको मृत्यु भइसकेको छ।

Advertisement

हाल भारतभर ३६ लाख ७३ हजार ८०२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। १८ करोड ४ लाख ५७ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

हाल भारतमा खोपको कमीले गर्दा राजधानी दिल्ली लगायतका साथै अन्य स्थानमा खोप कार्यक्रम रोकिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top