१० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च

१ जेठ, काठमाडौं ।

सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बैशाख मसान्तसम्म जम्मा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ अर्थात ३५ दशमलव ६४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

यो आर्थिक वर्षको लागि तीन खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट छुट्याएको सरकारले अर्धवार्षिक समिक्षामार्फत दुई खर्ब ८३ अर्बमा झारेको थियो । १० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च हुनुले नेपालको पूर्वाधार निर्माण सुस्त रहेको प्रमाणित गरेको अर्थविद्हरुको टिप्पणी छ ।

यस्तै चालू तर्फ ६ खर्ब ३० अर्ब रुपैयाँ अर्थात ६६ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यो आर्थिक वर्षको लागि सरकारले नौ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समिक्षामार्फत नौ खर्ब १४ अर्बमा झारेको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ अर्थात ३९ दशमलव ७७ प्रतिशत खर्च भएको छ ।

समग्रमा १० महिनामा ५५ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको छ । यस्तै यो वर्ष १० खर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा १० महिनामा सात खर्ब ६१ अर्ब रुपैयाँ अर्थात ७५ दशमलव २२ प्रतिशत संकलन भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top