२ जेठ, काठमाडौं ।
कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)ले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा बसेको बैठकले महामारी नियन्त्रण गर्न नीजि क्षेत्रकोसमेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।
देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘त्यसका स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं । ’ज्ञवालीले भने ।
ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनै पनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई निर्देशन दिएको ज्ञवालीले जानकारी दिए ।
‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुप¥यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।’ ओलीको भनाई उदृत गर्दै ज्ञवालीले भने ।