×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा

१० असार २०७५

विराटनगर, असार १०

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ ।

Advertisement
Advertisement

हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो – सरकारले तत्काल बजेटमाथि पुनर्विचार गर्नुपर्छ ।

विराटनगर महानगरपालिकाले हाल आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित बजेट निर्माणको तयारी गरिरहेको छ ।

संघीय सरकारले विराटनगर महानगरपालिकालाई रु ७८ करोड २० लाख मात्र बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमा वित्तीय समानीकरणतर्फ रु ३४ करोड २४ लाख र सःशर्त अनुदानतर्फ रु ४३ करोड ९६ लाख छ ।

जनताका न्यूनतम चाहना, योजना र विकासका पूर्वाधारहरु खडा गर्न सरकारले थप रु एक अर्ब तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको प्रमुख पराजुलीले बताए । उनले भने – विराटनगरका सडक, खानेपानी, सरसफाई, विद्युतीकरण जस्ता पूर्वाधारको अवस्था नाजूक छ । बजेट कम भएपछि जनताका अपेक्षा कसरी पूरा गर्न सकिन्छ ?

सरकारले महानगरपालिकातर्फ सबैभन्दा धेरै बजेट पोखरा लेखनाथलाई र सबैभन्दा थोरै बजेट विराटनगरलाई छुट्याएको पाइएको छ । प्रदेश नं १ को राजधानी रहेको विराटनगर जनसम्पर्क, सञ्जाल, नेपाल–भारत व्यापार लगायतका दृष्टिले उच्च महत्व राख्ने स्थान हो ।

महानगर प्रमुख पराजुलीले भने– भरतपुर महानगरले रु एक अर्ब २३ करोड ९३ र प्रदेश राजधानी रहेको हेटौँडा उपमहानगरपालिकालाई विराटनगरको भन्दा बढी बजेट दिइएको छ । विराटनगर महानगरपालिकालाई सरकारले छुट्याएको बजेट लज्जाजनक र जनतालाई नै अपमानित गर्ने किसिमको छ ।

पश्चिममा केशल्या र पूर्वीतर्फ सिंगिया दुई ठूला नदी तथा मध्यभागमा बस्ताहा र दुधवा खोल्साले घेरिएको विराटनगर महानगरपालिकाको आन्तरिक वित्तीय अवस्था पनि निकै कमजोर छ ।

दिनप्रतिदिन शहरको जनघनत्व बढ्दै जानु, सडक र बिजुली विस्तार गर्दै सुशासन र सुरक्षाको पूर्ण प्रत्याभूति गराएर समृद्ध विराटनगर बनाउने हाम्रो संकल्पलाई केन्द्र सरकार र प्रदेश सरकारले पनि उच्च प्राथमिकतामा राखेर थप बजेटको व्यवस्था गर्न प्रमुख पराजुलीले आग्रह गरे।
रासस

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top