संक्रमण दर ८ प्रतिशत घट्यो

२ जेठ ७८, सोमबार

३ जेठ, काठमाडौँ ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ ।

तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृत्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३७.०५ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घटेको छ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ५ सय ६९ संक्रमित थपिएका छन्। अघिल्ला दिनको तुलनामा आइतबार संक्रमण दरमा मात्र नभएर मृतक संख्या र संक्रमितको संख्यामा समेत कमी आएको छ।

Advertisement

निषेधाज्ञाको प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा संक्रमण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। संक्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न नसकिने पनि उनले प्रस्ट पारे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top