इजराइलको हवाई हमलामा प्यलेस्टाइनको गाजा क्षेत्रमा ४२ सर्वसाधारणको मृत्यु

३ जेठ, एजेन्सी ।

इजराइलको हवाई हमलामा प्यलेस्टाइनको गाजा क्षेत्रमा आइतबार ४२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

प्यालेस्टाइनी अधिकारीहरुका अनुसार इजरायलबाट भएको लगातारको हवाई हमला तथा गोलावारीमा परेर आइतबार मात्रै १० बालकालिका र १६ महिलासमेत गरि ४२ सर्वसाधारणको मृत्यु भएको हो ।

इजराइल र प्यालेस्टाइनबीच विगत एक हप्तादेखि चलिरहेको युद्धमा आइतबार सबैभन्दा रक्तपातपूर्ण भएको गाजाका अधिकारीहरुको दावी छ ।

यो एक साताको अवधिमा प्यालेस्टाईनी लडाकुहरुबाट ३ हजार भन्दा बढि साना रकेटहरु प्रहार भएको इजरायली सेनाले जनाएको छ । जसमा ज्यान गुमाउने प्यालेस्टाईनीको संख्या १ सय ८८ पुगेको छ । जसमध्ये ५५ जना बालबालिका रहेका छन् भने ३३ जना महिला छन् ।

यो अवधिमा १२ सय भन्दा बढी घाइते भएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले मध्यपूर्वको हिंसा नरोकिने हो भने यो क्षेत्रमा नियन्त्रण गर्न नसकिने गरि क्षती पुग्ने बताएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षबाट भइरहेको हिंसा र आक्रमणहरु तत्काल बन्द गर्न अपिल समेत गर्नुभएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top