सुनको भाउ तीन सयले बढेर ९२ हजार ८ सय कायम

सुनको भाउ तीन सयले बढेर ९२ हजार ८ सय कायम

३ जेष्ठ, काठमाडौँ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन आज तोलामा तीन सयले बढेर ९२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.