चितवनका विभिन्न अस्पतालमा थप ११ सङ्क्रमितको मृत्यु

२ जेठ ७८, सोमबार

३ जेष्ठ, चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै वैशाख २४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा आइतबार राति ७ः५५ बजे मृत्यु भएको हो ।

यस्तै भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टिपछि वैशाख २१ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार साँझ ५ः२० बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–१ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

निमोनियाको समस्या भई वैशाख २१ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः१० बजे मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई वैशाख २४ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः०० बजे मृत्यु भएको हो ।

यस्तै अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २४ गते पुरानो मेडिकल कलेज भर्ना भएका उनमा २५ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

कपिलवस्तुका कोरोना सङ्क्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का ३५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई यही जेठ २ गते अस्पताल भर्ना भएका उनको आइतबार राति ८ः३० बजे मृत्यु भएको हो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् । सङ्क्रमण पुष्टिपछि क्यान्सरको समस्या भई आइतबार अस्पताल भर्ना भएका उनको राति १२ः३० बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कालिका–१० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । क्यान्सरको समस्या भई अस्पताल आएका उनमा गत वैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ७ः३० बजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः४५ वजे मृत्यु भएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top