रेडपाण्डाको छालासहित तीन पक्राउ

रेडपाण्डाको छालासहित तीन पक्राउ

काठमाडौँ, असार १०
नेपाल प्रहरीले रेडपाण्डाको छालासहित आज तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बौद्धस्थित कैलाश गेष्ट हाउस नजिक रेडपाण्डाको छाला लुकाइछिपाइ राखेको अवस्थामा तीनैजनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरीको विशेष टोलीले सूचनाका आधारमा जाँच गर्दा रेडपाण्डाको छाला एक थान र बा५८प १३७८ नं को मोटरसाइकलसहित सोलुखुम्बुका आङदावा शेर्पा, लाक्पा शेर्पा र आङचिन्डु शेर्पालाई पक्राउ गरेको हो ।

तीनै जनालाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.