×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार

१० असार २०७५

सिचुवान, असार १०

काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ ।

Advertisement
Advertisement

झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो ।

चीनको सिचुवान प्रान्तको विदेश मामिला कार्यालयको आयोजनामा यहाँको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्काई रेल्वे ग्रुपका उपप्रमुख एवं प्रमुख इञ्जिनियरिङ वार्डका वाङ काईले पहिलो चरणमा तीन हजार किलोमिटर रेलवे विस्तार गर्न सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए ।

प्रतिकिलोमिटर लागत १५ करोड आरएमबी (चिनियाँ मुद्रा) रहेको उक्त रेल सेवा नियो इनर्जी ब्याट्रीबाट चल्ने विश्वकै पहिलो रेल सेवा भएको उनले जानकारी दिए।

सडकमाथि केबुलकार जस्तै झुन्डिएर चल्ने उक्त रेल सेवा जमिनमा कुद्नेभन्दा निकै सस्तो लागतमा तयार हुनेछ । उक्त रेल निकै सुरक्षित, सुविधाजनक र सस्तो हुने इञ्जिनियर काईले बताए ।
रासस

Advertisement

 

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top