काठमाण्डौ उपत्यकाका अस्पतालमा ५ सयभन्दा धेरै बेड खाली

५ जेठ, काठमाडौं ।

कोरोना सङ्क्रमितले अझै सहज रुपमा बेड पाउन नसकेको गुनासो गरिरहँदा सरकारले भने काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालमा ५ सयभन्दा बढी बेड खाली रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो २ बजेसम्मको विवरणअनुसार काभ्रेको धुलिखेलसहित काठमाण्डौका ठूला १८ वटा अस्पतालमा ५ सय १७ वटा बेड खाली रहेको जनाएको हो ।

मन्त्रालयकाअनुसार यी सबै अस्पतालमा गरी २ हजार २ सय ८६ आइसोलेशन रहेकोमा १ हजार ८ सय ८५ मा मात्र बिरामी छन् । अरु ४ सय १ आइसोलेशन खाली छन् ।

यस्तै यी अस्पतालमा रहेका ४ सय ४२ वटा आईसीयूमध्ये ३ सय ९१ मा बिरामी छन् । बाँकी ५१ वटा आईसीयू खाली छ । २ सय १२ वटा भेन्टिलेटरमध्ये १ सय ४७ मा बिरामी रहेका र बाँकी ६५ वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बेडको लागि सम्पर्क गर्न केही अस्पतालका सम्पर्क व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराउँदै आएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top