×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

बाँकेमा थप १५ संक्रमितको मृत्यु

५ जेष्ठ २०७८

५ जेष्ठ, बाँके ।
बाँकेमा मंगलबार बेलुकीदेखि बुधबार बिहानसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मंगलबार राति साढे ८ बजेदेखि बिहान साढे ६ बजेसम्म १५ जनाको मृत्यु भएको हो । जसमा बाँकेका सात जना र बाहिरी जिल्लाका आठ जना छन् ।
सात जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र आठ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । कोहलपुरमा बेलुकी साढे ८ बजे रुकुम पश्चिमको सानोभेरी नगरपालिका–११ का ३६ वर्षीय पुरुष मृत्यु भएको छ ।

Advertisement
Advertisement

जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई गरिएका ३ गते भर्ना गरिएको थियो । त्यस्तै कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरुषको राति ८ बजेर ३५ मिनेटमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।

बर्दिया बढैयाताल गाउँपालिका–२ का ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा बेलुकी ९ बजे मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति ११ः३० बजे मृत्यु भएको छ ।

भेरीमै कैलालीको टीकापुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको राति २ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएकी उनलाई ३ गते भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । उनको जेठ ४ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ३ बजे मृत्यु भएको अस्तपालले जनाएको छ ।

कोहलपुरमै नेपालगन्ज उपमहानगरपालिका–३ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । उनको बिहान चार बजे मृत्यु भएको छ ।

रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका–१ की २७ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर परीक्षण गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालगन्ज–४ का ६७ वर्षीय पुरुषको भेरीमा बिहान ४ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । वैशाख २२ गते पीसीआर परीक्षण गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ४ बजे मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ६३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर परीक्षण गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । उनको बिहान ५ बजे मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ५ बजे मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर परीक्षण गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । उनको बिहान साढे ५ बजे मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ की ६८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २९ गते भर्ना गरिएकी उनको ३१ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ६ः३० बजे मृत्यु भएको छ ।

त्यस्तै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचाररत बुटवल–१३ की ८० वर्षीया महिलाको बुधबार बिहान ६ बजेर ५८ मिनेटमा मृत्यु भएको सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै मंगलबार भर्ना भएका ओमसतिया–१ का ४० वर्षीय पुरुषको बिहान साढे ५ बजे मृत्यु भएको गौतमले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top