×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

आज र भोलि सचेत रहनू : जल तथा मौसम विज्ञान विभाग

५ जेष्ठ २०७८

५ जेठ, काठमाडौं ।

बुधवार (आज) र भोलि (बिहीवार) देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

Advertisement
Advertisement

विभागले विशेष मौसमी बुलेटिन निकालेर भारतमा आएको ’ताउ–ते’ चक्रवातका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागको अनुमान छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पूर्वी–मध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ–ते सोमवार भारतको गुजरातमा बज्रिएपछि कमजोर भए पनि नेपालमा पर्सी शुक्रवारसम्म प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताए ।

यस्तै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्न थालिसकेकाले यो समयमा पर्वतारोहण नगर्न÷नगराउन पनि आग्रह गरेको छ । केही ठाउँमा बाक्लो हिमपातसमेत हुन सक्ने भएकाले आरोहणमा गएकाहरूलाई सुरक्षित रहन विभागको आग्रह छ ।

यसअघि आज र भोलि सगरमाथा आरोहणका लागि मौसम अनुकूल अर्थात् ’समिट विन्डो’ देखिएकोले त्यसका लागि झण्डै दुई सय जना आरोही पहिलो तथा दोस्रो शिविरमा पुगिसकेका थिए ।

उनीहरूलाई त्यहीँ बस्न वा सम्भव भएमा आधार शिविरमा झर्न भनिएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

पहिलो र दोस्रो शिविरलाई तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । दोस्रो शिविरबाट आधार शिविर फर्कन भने कठिन आइसफल भएकाले जोखिमयुक्त हुन्छ ।

Advertisement

यस वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएकामा आधाभन्दा धेरै अनुकूल मौसमको पर्खाइमा छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top