विराटनगर, असार ११
रसियामा जारी विश्वकपमा आइतबार राति भएको खेलमा पोल्याण्डलाई हराएसँगै कोलम्बीयाले सम्भावना जिवितै राखेको छ । पराजयसँगै युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्ड कोलम्बियासँग ३–० गोल अन्तरले पराजय हुन पुगेको थियो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने जितपछि कोलम्बियाको ३ अंक भएको छ । आइतबार नै भएको खेलमा २–२ गोलको बराबरी खेलेका सेनेगल र जापानको समान ४–४ अंक छ ।