विश्वकप फुटबल : कोलम्बियाको सम्भावना जिवितै

विश्वकप फुटबल : कोलम्बियाको सम्भावना जिवितै

विराटनगर, असार ११
रसियामा जारी विश्वकपमा आइतबार राति भएको खेलमा पोल्याण्डलाई हराएसँगै कोलम्बीयाले सम्भावना जिवितै राखेको छ । पराजयसँगै युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्ड कोलम्बियासँग ३–० गोल अन्तरले पराजय हुन पुगेको थियो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने जितपछि कोलम्बियाको ३ अंक भएको छ । आइतबार नै भएको खेलमा २–२ गोलको बराबरी खेलेका सेनेगल र जापानको समान ४–४ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.