×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

३३ ब्राण्डका दूधमा कोलिफर्म, दाेषी डेरी उद्योग उम्कने नदिने कृषि मन्त्रालयकाे भनार्इ

११ असार २०७५

काठमाण्डाैँ ः विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं. नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा शरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ ।

बालाजुस्थित दूग्ध विकास संस्थान (डिडीसी), काभ्रेको एलिसाजरगल्फु विनायक डेरी, बालकोटको अनमोल, काभ्रेकै अर्पण र जय श्री कृष्ण डेरी लगायतका उद्योगहरुमा कोलिफर्म भेटिएको हो । कोलिर्फम हुनुको मुख्य कारण सरसफाईको कमी, सुरक्षा संयत्र पालना नहुनु, दूध प्रशोधन गर्ने मेसिन लगायतबाट उब्जने फोहोर रहेको छ ।

Advertisement
Advertisement

हप्तादिनअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा विस्तृत रुपमा सूक्ष्म जीवाणुको अध्ययन गर्न २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमुना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षणको लागि पठाइएको थियो ।

मन्त्रलायले आइतबार उक्त प्रतिवेदन सार्वजनिक गर्दै ३३ दूधको नमूनामा कोलिफर्म भेटिएको सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार दोषी डेरी उद्योगलाई कारबाही गर्न विभागलाई निर्देशन दिइसकिएको छ । उनले भने ‘मापदण्ड अनुसार सञ्चालन नगरेको दूध उद्योगलाई अवश्य कारबाही हुन्छ,’।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्थीले मन्त्रालयको निर्देशन अनुसार कारबाहीको प्रक्रिया अघि बढाइसकेको बताए । विभागको अनुसार उद्योगले गरेको दोषको आधारमा हालको खाद्य ऐन अनुसार बढीमा १० हजार रुपैयाँ जरिवाना साथै एक वर्षसम्मको जेल तोकिएको छ ।

Advertisement

यद्यपि पछिल्लो समय उक्त खाद्य ऐन शंसोधन परिमार्जन भइसकेको अवस्था छ । परिमार्जित ऐन भदौ १ गतेदेखि लागु हुनेछ । जसअनुसार ५० हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्मको कैद सजाय तोकेकिएको विभागको प्रवक्ता वस्थीको भनाइ छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top